हेर्नुहोस साउन महिनाको राशिफल

मनिषा थापा

शिवजीको सबैभन्दा बढी कृपा साउन महिनामा मिल्ने गर्छ। यस महिनाभर शिवजीको विशेष पुजा हुने गर्छ। साउनको पूजा र शिवजीको दर्शन गर्नाले पुण्य कर्ममा उन्नती हुने विश्वास छ। हेर्नुहोस यस महिनाको राशिफल….

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा तपाईंको राशिबाट चौथौ भावमा सूर्यले भ्रमण गर्नाले मिश्रित फल मिल्नेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्नेछ । २० गतेबाट वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साउन महिना समग्रमा सकारात्मक महिना रहेको छ । इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साउन महिनामा ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिनामा तपाईंको राशिबाट नवौँ भावमा सूर्यले भ्रमण राम्रो फल मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वाहान लाभ हुने समय छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सरकारी निकाएको भय रहला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कार्य सम्पादनमा सहजता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोश,जाँगर र हिम्मत बढ्ला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । लामोयात्रा सुखद् र सफल हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साउन महिनामा अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साउन महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग लिलो वा पहेलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

प्रतिक्रिया