होचा पुड्का संघका महासचिव र उपाध्यक्षको अनौठो र नेपाली समाजकै उदाहरणीय विवाह [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। मानिस सबै सग्लो जन्मिदैनन, जन्मजातै अपागं भएर पनि जन्मन्छन् । कोहि पछि गएर अपागं पनि बनेका धेरै छन् । यस्तै अपागंकोटी भित्र पर्ने होचा ब्यक्तिहरु पनि नेपालमा धेरै छन । सामान्यतया हेर्दा सग्लो मानिसलाई होचा कदका मानिसहरु देखेर अनौठो लाग्ने गर्दछ र उनिहरुलाई हेर्ने दृष्टिकोण पनि केहि फरक हुने गर्दछ । तर उनिहरु पनि हामी जस्तै सामान्य मानिस हुन, हाम्रो जस्तै जिवन जिउन चाहन्छन र हाम्रो जस्तै उमंगित मन हुन्छ।

यहिँ कुरालाई मध्यनजर गर्दै होचा पुड्का संघका महासचिव लेखनाथ मोक्तान र उपाध्यक्ष रुकमनी खड्काको मङ्सिर महिनाको २६ गते बुधबारको दिन विवाह सम्पन्न भएको छ। ७ वर्ष पछिको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै उनीहरु विवाह बन्धनमा बाधिएका हुन्।

उनीहरुको पहिलो भेट एक कार्यक्रम मार्फत भएको थियो। त्यहि बेला उनीहरु बीच नम्बर साटासाट भयो। धेरैजसो फोनमा नै उनीहरु कुरा गर्ने गर्थे। साथीको सम्बन्ध हुँदै उनीहरु बीच पत्तै नपाई एक प्रेमिल सम्बन्ध हुन पुग्यो। प्रेम सम्बन्ध झाँगिदै गए पछि उनीहरुले अब विवाह गर्ने सोचे। लेखनाथले रुकमणिलाई विवाहको प्रस्ताब राखेका थिए।

आखिर जीवन जिउन एक जना साथी त चाही नै हाल्छ भनेर उनीहरुले अहिले विवाह गर्ने निर्णय गरेका हुन्। स-परिवारको मन्जुरीमा उनीहरुको विवाह सम्पन्न भइसकेको छ। आफ्नो विवाहमा उनको आफन्त, इष्टमित्र, साथै पत्रकारको समेत उपस्थिति रहेको थियो।

अब छिट्टै होचा पुड्का संघको सम्मेलन हुन लागेको कुरा पनि आफ्नो विवाह समारोहमा लेखनाथले जानकारी दिए। उक्त सम्मेलनमा नेपाल भर रहेका होचा पुड्काले सहभागिता जनाउन समेत उनले आग्रह गरेका छन्। उनले भने , हामी पनि यहि प्रिथिवीको मानिस हौ कुनै मंगल ग्रहबाट आएका होइनौ। त्यसैले हामीलाई पनि समान व्यवहार गरियोस। घरमा पिल्सिएर कसैले पनि बस्नु नपरोस।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू