ह्वात्तै घट्यो सुनको भाउ

admin

काठमाडौँ, ५ वैशाख : आज साताको पाँचौ दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा दुई सयले घटेर ५९ हजार १०० मा कारोबार भइरहेको छ ।

बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया