ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं :  आज मङ्गलबार सुनको मुल्य अहिलेसम्मै उच्च विन्दुमा पुगेको छ । अघिल्लो साताबाट लगातार बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ६५ हजार ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ बढेपनि चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया