ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

शर्मिला गुरुङ

काठमाडौँ, १२ भदौ  : आज साताको पाचौँ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वातै बढेको छ। दुई दिन सुस्ताएको सुनको भाउ फेरि उकालो लागेको छ । मंगलबार र बुधबार स्थिर रहेर प्रतितोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ७३ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । यो भाउ नेपाली बजारमा सबैभन्दा उच्च हो ।

प्रतिक्रिया