१० बुँदे सहमतिमा अनसन ताेडिसकेपछि पनि नर्स दिक्की शेर्पा फेरि अनसन बस्नु गलत : नर्सिङ संघ अध्यक्ष पाेखरेल (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएपछि १० दिनदेखि आमरण अनसनमा बसेका दुई जना नर्सले आइतबार अनसन तोडेका थिए। सेवा सुविधा बढाउनु पर्ने लगायत १० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका नर्स सरकारबीच सहमति भएपनि त्यस अनुरुप कार्य नभएको भन्दै मानव प्रत्यारोपण केन्द्रमा नर्सहरु फेरी अनशन बसेका छन्।

तर नर्सिङ संघ अध्यक्ष तारा पोखरेल भने दिक्की शेर्पाकै सहमतिमा अनशन तोडिएका कारण फेरी उनि अनशनमा बसेको भए पनि त्यसलाई अनसन नमान्ने बताए। आइतबार बार्तामा दिक्की शेर्पाले नै पठाएका ३ जना नर्सहरुकै मागको आधारमा लोकसेवामा परिक्षा दिंदा यदि नर्स असफल भएमा वा उमेर नाघिसकेका छन् भने करारमा नै काम गर्न पाउने जस्ता १० बुँदे सहमति भइ अनशन तोडिएको उनले बताए।

नर्स दिक्की शेर्पा फेरी अर्को १ सूत्रे फरक खालको मागको लागि अनशन बसेको भएता पनि नर्सिङ संघले पहिला नै भएको सहमतिलाइ नै अधिकारिक माग मानिसकेको उनले बताए।

उनले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले नर्सहरुलाई अन्याय गरेको स्वीकारेका छन्। नर्सिङ संघ नर्सहरुको हितका लागि लडिरहने र उक्त १० बुँदे सहमति पुरा गराउने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन। उक्त १० बुँदे सहमति भएन भने नर्सिङ संघ जिम्मेवार रहनुका साथै १० बुँदे माग पुरा हुने बिषय शंका नगर्नसमेत उनले आग्रह गरे।

नर्स दिक्की शेर्पाकै सहकर्मीहरुसंगको बार्तामा १० बुँदे सहमति भइ म आफैले जुस खुवाएर अनशन तोडिएका कारण शेर्पा फेरी अनशन बसेको भन्ने कुरा आफुलाई विश्वास नलागेको उनले बताए।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू