११ वर्षीया तेक्वान्दो खेलाडी रिता दुई दिनदेखि बेपत्ता

रिता घिसिंग

जेठ ५, काठमाडाैं : सिन्धुपाल्चोक बाह्रबिसे घर भइ हाल कर्थली तेक्वान्दो डोजाङ्गमा आवद्ध ११ बर्षकी बालिका गत शुक्रवारदेखि हराइरहेकी छिन् । रिता तामाङ्ग नाम गरेकी बालिका ललितपुरको धोविघाटबाट हराएकी हुन् ।

 

उनी न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्धारा आयोजित राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सिन्धुपाल्चोकबाट राजधानी आएकी थिईन । कार्यक्रम चलिरहँदा गत शुक्रबार अपरान्ह १ बजे ‘खाजा खान जान्छु’ भनेर उनी धोबीघाटस्थित कार्यक्रमस्थलबाट बाहिर निस्किएकी थिइन । त्यस यता उनी सम्पर्क बिहिन अबस्थामा छिन् ।

यी बालिकालाई देख्नुहुने व्यक्तिहरुले तलको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क नम्बर :- ९८५११२०६२३, ९८६६२६२४११, ९८६०१८५८९८

प्रतिक्रिया