१२ बर्ष देखि समाजसेवामा लागि परेका गायक निर्णयले खुलाए टाउकोमा रातो टोपी र सेतो कपडा सधै लगाउनुको रहस्य [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  निर्णय श्रेष्ठ नेपाली हिपहप गायक हुन्। उनी नेपालको प्रारम्भिक र्यापरहरूको सूचीमा पर्छन्। ‘हाम्रो गाउँले जीवन’ ‘म नेपाली’ ‘केटी तिमी कति राम्रो देखेको’ जस्ता हिट गीत गाएर दर्शकहरुको मनमा बस्न सफल बने  निर्णय श्रेष्ठ ।

उनको अरुभन्दा फरक स्टाइलका कारणले बढी प्रख्यात छन्। उनले नेपाली समाजमा नौलो खालका फ्यासन नै भित्राए भन्दा केहि फरक नपर्ला जसलाई युवापुस्ताले अत्यधिक रुचाए।

टाउकोमा सेतो स्कार्फ, त्यसमाथि रातो क्याप । गलामा लामो सिक्री । कालो चस्मा । कालो लुज टिसर्ट । कम्मरभन्दा अलि तल झरेको भाङ्ग्रो पाइन्ट । पाइन्ट पछाडिको खल्तिमा झुण्ड्याइएको सेतो स्कार्फ । एकातिर नाडीमा सेतो बेन्ड अनि गोडामा ठूलो जुत्ता। ठ्याक्कै यही हुलियामा भेटिन्छन्, गायक निर्णय श्रेष्ठ अर्थात् एनएसके । उनलाई कहिल्यै कोट, पाइन्ट र पार्टी सुजमा देखिँदैन । फिटिङ जिन्स र स्पोर्टस् सुज या ट्राउजर र ज्याकेटमा पनि उनलाइ भेटिँदैन । उनले अहिले यो शैली अपनाएको २० वर्ष भइसक्यो।

उनले रातो टोपी र सेतो कपडा लगाएको विषयमा बोल्दै भने ‘जातिय विभेद अन्त्य हुनु पर्छ भन्ने भावना राख्नको साथै नेपाली सबै सम्मान हुन् भने चिनाउन, सेतो कपडा शान्तीको प्रतिक भएका कारण लगाएको हु।’ यो एनएसकेको आफ्नै स्टाइल हो । यो शैलीलाई उनले किशोरवयको पूर्वार्द्धबाटै अँगालेका हुन्, जतिबेला उनी अमेरिकामा थिए । बुवा पीएचडीका लागि सपरिवार अमेरिका पुगेका थिए । निर्णय उतै हुर्किए । त्यही बेलादेखि हो, उनी हिपहप देखिन थालेको ।

निर्णय श्रेष्ठ एक समाज सेवी पनि हुन्। सन् २००६ देखि ‘एनएसके टुर फर एडुकेसन’ नामक अभियान सञ्चालन गरी उनी देशभरका विद्यालय र क्याम्पसहरू गईरहेका हुन्छन । शिक्षाबाट वञ्चित हुन पुगेका बालबालिकालाई उनले किताब, कापी, कलम आदि बाँड्ने गरेका छन् । अहिले उनी यहि ‘टुर्स अफ एजुकेशन’को कार्यक्रम र म्युजिक भिडियोको तयारीमा व्यस्त भएको उनले बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू