१३ बर्षिय यी किशोरको अनुहारभरि कपाल, मानिसहरु डराएर नजिक आउदैनन्

रिता घिसिंग

एजेन्सी : विश्वमा कतिपय मानिसहरु निकै दुर्लभ रोगबाट पीडित छन् । भारतका १३ वर्षका ललित पाटिदार यस्तै दुर्लभ वेरउल्फ सिन्ड्रोम रोगबाट पीडित छन् । यो दुर्लभ विरामीबाट पीडित मानिसहरुको अनुहारमा ५ सेन्टिमिटर सम्म लामा भुत्ला अनुहारमा पलाएकोछ ।

मध्य प्रदेशका ललित टाउकोमा जस्तै लामो तथा बाक्लो कपाल अनुहारमा बोकेर निकै कष्टसाध्य जिवन बाँचिरहेका छन् । कतिपय मानिसले आफुलाई देखेर बाँदर समेत भन्ने गरेको र कतिपयले त ढुंगाले हिर्काउने गरेको बताउँछन् ।

भारतीय प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने उनको इच्छा छ । ललितकी आमा पर्वतबाइका अनुसार परिवारमा १४ जना सदस्य छन् । जन्मैदेखि ललितको अनुहारभर असामान्य रौँ हरु थिए । उनको त्यो समस्यालाई चिकित्सा भाषामा कन्जेनिटल हायरट्राइकोसिस भनिन्छ । यो रोगको उपचार छैन ।

पछिल्लो समय उनले विद्यालयमा राम्रोसँग पढ्ने गरेका छन् । पढाई र खेलकुदमा पनि उनले राम्रो गरिरहेका छन् । सुरुवाती दिनमा उनीसँग साथीहरु नजिक आउने डराउने गरेको भएपनि अहिले चाहीँ सबैले सामान्य व्यवहार गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू