१३ वर्षअघि नै मृत्यु भइसकेका व्यक्ति पनि कर्मचारी समायोजनको सूचीमा

रिता घिसिंग

बैशाख ४, काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको कर्मचारी समायोजनको सूचीमा गम्भीर त्रुटि फेला परेको छ। बिगत १३ वर्षअघि मृत्यु भइसकेका डडेल्धुराका तत्कालीन अहेब टेकबहादुर पाल समायोजनको सूचीमा परेका हुन्।

उनको २०६३ साल माघ २७ गते मृत्यु भएको थियो। उनलाई डडेल्धुराको परशुराम नगरपालिकास्थित हेल्थ पोस्टमा समायोजन गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयले जारी गरेको कर्मचारी समायोजन अन्तर्गत स्वास्थ्यतर्फको चौथो तहका कर्मचारीको सूचीमा मृत्यु भइसकेका पालको नाम समावेश गरिएको हो।

प्रतिक्रिया