१३ वर्षमै बच्चा पाउने हाम्रो समाजमा पढ्न पाउँछु भन्ने सोचेकी समेत् थिइन् : रुपा राई (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय समाज सेवा गर्दै आएको ‘हन्ड्रेड एस ग्रुप’ले एसईई दिएको निम्न वर्गका विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि छात्रावृतीको व्यवस्था गरेको छ। हालै कुमारीपाटीस्थित ‘एडभान्स एकेडेमी’मा उक्त ग्रुपले निम्न आय स्रोत भएको विद्यार्थीलाई अत्यन्तै न्यून शुल्कमा पठनपाठनको व्यस्था गरेको हो।

‘हन्ड्रेड एस ग्रुप’का सदस्य बबलु गुप्ताले देश विकास हुनको लागि शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेकोले शिक्षाबाट बन्चित नहुन भनेर आफ्नो संगठनले विभन्न कलेजमा पहल गर्दै आएको बताए। उनले भने, ‘एसईई पछि उच्च शिक्षा हासिल गर्न चाहेर पनि नसक्ने अवस्था भएको दुर्गम क्षेत्रका विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्न लागि रहेका छौ। एडभान्स जस्तो प्रतिष्ठित
कलेजले निशुल्क शिक्षाको लागि ५ वटा कोटा दिएको छ।’

‘हन्ड्रेड एस ग्रुप’को मद्दतबाट प्लस २ पढ्न आएकी रुपा राईले आफु निम्न वर्गको भएपनि निशुल्क पढ्ने अवसर पाउँदा निकै खुशी भएको बताएकी छिन्। नुवाकोटबाट एसईइ दिएकी उनले ‘एडभान्स एकेडेमी’मा पूर्ण छात्रावृति पाएकी छिन्।

पढ्न मन भएपनि घरपरिवारले खासै मद्दत नगर्ने रुपाले बताईन। उनको अनुसार, उनको गाउँ नुवाकोटको बेलकोटमा बालविवाह अझै कायममै छ। ११, १२ वर्षको कलिलो उमेरमै बालिकाहरुको विवाह हुने गर्छ। उनीसँगै एसईई दिइएका १५ प्रतिशत साथीहरुको विवाह गरिसकेका छन्। उनले आफुलाई पढ्न पाएकोमा निकै भाग्यमानी ठानेको बताउछिन्।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू