१ सय २६ घण्टा नाचेर विश्व किर्तिमान राख्ने बन्दनाको अवस्था यस्तो, स्टेजमै निदाइन् माधव नेपालको काधमा

रिता घिसिंग

काठमाडौँ : धनकुटा निवासी वन्दना नेपालले निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । गिनिज बुकमा नाम लेखाउनका लागि काठमाडौँ आएकी उनले लगातार १ सय २६ घण्टा नाचेर वर्ल्ड रेर्कड कायम गरेकि हुन्।

गिनिज बुकमा नाम लेखाउने उद्देश्यले उनी मंसिर ७ गते बिहान ९ बजेदेखि काठमाडौँको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा निरन्तर नृत्य गरिरहेकी थिइन्।

गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ। भारतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाउने विश्वास लिएकी थिइन्।

चिकित्शकका अनुसार लगातार ४८ घण्टा अनिदो बस्नेलाई हृदयघात भई मृत्यु समेत हुने जोखिम हुन्छ । तर, बन्धनाले लगातार १ सय २६ घण्टा बढी नाचेर नेपालको नाम राखेकी हुन्। रेकर्ड पश्चात उनलाई सम्मान गरिएको थियो जसमा माधव नेपाल पनि थिए । उनी सँग कुरागर्दागर्दै वन्दना यति थाकिसकेकी थिइन् की उनी माधव नेपालको काधँमा नै निदाउन पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू