२०११ मा भारतले विश्वकप जिते कपडा खोलेर दौडिन्छु भन्ने पुनम पाण्डेले फेरि गरिन् उपद्रो

शर्मिला गुरुङ

एजेन्सी : बलिउड अभिनेत्री पुनम पाण्डेले फेरि एकपटक उपद्रो गरेकी छिन् । उनले हालै आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो सेमी न्यूड फोटो पोस्ट गरेकी छिन् । भारतले दक्षिण अफ्रिकाविरुद्धको खेल जितेपछि पुनमले यो पोस्ट गरेकी हुन् । उनले यो पोस्टसँगै विश्वकप २०१९ सुरु भएको क्याप्सन लेखेकी छिन् ।

पुनमले भारतले विश्व कपको पहिलो खेल जित्दा नै यतिसम्म गरेपछि भारतले विश्वकप नै जितेमा के गर्लिन् भन्ने कमेन्टमा बहसको विषय बनेको छ । पुनमले यसरी उपद्रो गरेको पहिलो पटक होइन । उनले २०११ मा भारतले विश्वकप जितेमा आफू कपडा खोलेर मैदानमा दौडिने घोषणा गरेकी थिइन् । तर, भारतले त्यो विश्वकप जिते पनि पुनमले कपडा भने खोलिनन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू