२७ सय १४ को अडिसनबाट उत्कृष्ट ठहरिएकी कृष्टिना गुरुङ प्रेमगीत ३ की नायिका चयन [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १७ जेठ  : घोषणा पूर्व नै सर्वाधिक चर्चामा रहेको प्रेमगीत-३ का लागि नायिका चयन भएको छ । २७ सय १४ को अडिसनबाट उत्कृष्ट ठहरिएकी कृष्टिना गुरुङ चलचित्रकी नायिकामा चयन भएको आइतबार घोषणा गरिएको छ ।

अन्तिम २५ मा पर्न सफल भएकाहरुको कठिन अडिसन गरिएको थियो जसबाट नायिका (गीत) पात्रलाई न्याय दिनसक्ने निर्णायकको मत अनुसार गुरुङ छनौट भएकी हुन् ।

आसुसेन फिल्मको व्यानरमा निर्माण हुने ‘प्रेमगीत ३’ मा नेपालका पहिलो पुस्ताकादेखि नवकलाकारसम्मको मिश्रण रहने छ । नायक शिव श्रेष्ठ, सुनील थापासँगै प्रदीप पौडे, नवनायक मनिष राउतका साथमा अन्य थुप्रै कलाकारहरुको अभिनय रहनेछ ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया