२ लाख खाएको भन्दै आरोप लगाएकी दाईसँग रबिनाले यसरी लगाएकी थिइन भाइटिका [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। अन्तरजातिय विवाह गरेकी रविना बादी केहि समय अगाडी न्याय खोज्न भन्दै काठमाडौ आएकी थिईन्। करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओलीसंग विवाह गरेकी उनले श्यामलाले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएको बताउँदै आएकी थिईन्।

त्यसपछि एकाएक सामाजिक सञ्जालमा भाईरल भएकी रबिना बादीका श्रीमान पनि युट्युव च्यानल मार्फत सार्बजनिक भए। श्रीमानको भिडियो सार्बजनिक भएसँगै सामाजिक सञ्जालमा रबिना बादीको खेदो खनियो। उनले श्रीमानलाई लम्की झम्की गर्दै पिट्न गएको दृश्यले उनको झनै आलोचना भयो। यद्धपि सम्बन्ध बिछोड नगर्ने मिलेर नै बस्ने निधो गर्दै उनीहरुको कुरा सामाजिक संजालमा सेलाएको थियो।

एकाएक उनले मृगौला दान गरेको कुराले अहिले सामाजिक संजाल मज्जाले तताएको छ। सैघाली अनलाइन र जनालय न्युज टिभी उनको कोठामा गएर उनको भिडियो लिएको कुरामा उनले आपत्ति जनाएकी छिन्। उनले मृगौला बेचे पनि किने पनि कसैले वास्ता नगर्न साथै कसैको सहयोगको पनि आवश्यकता नभएको भन्दै भिडियोमा बोलेकी छिन्।

उनले जनालय न्युज टिभीका लक्ष्मन रसाइलीलाई पैसा हिनामिनाको आरोप समेत लगाएकी छिन्। नातामा उनीहरु दाजु बहिनि हुन्। भर्खरै सकिएको तिहारमा रबिनाले लक्ष्मनका दाजु भाई दुइ जनालाई ब भाई टिका समेत लगाएकी थिइन्। हेर्नुहोस् भाइटिकाको भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू