२ वर्षीय छोरा श्रीमान र सौताले आधारातमै लिएर बेपत्ता भएपछि यी महिला रुँदै मिडियामा

मनिषा थापा

पिएनपिखबर : तनहुँ घर भई हाल काठमाडौँमा बस्दै आएकी दुर्गा मगर आफ्नो दुई वर्षको छोरा हराएपछि निकै दुखित भएकी छिन्।

उनी हराएको आफ्नो छोरालाई खोज्न तस्विर लिँदै चोक-चोक भैतारिन। सोहिक्रममा एक-एक व्यक्तिले छोरा हराएको सुचना मिडियामा हल्दिन्छु भन्ने आश्वाशन देखाएर उनीसँग ३ हजार रुपैया लिए तर छोराको पत्ता लागेन। त्यसपछि उनी प्रहरी कहाँ रिपोर्ट गराउन पुगिन्। प्रहरीले ती बालककै बाबुले लागेको र लिन पनि आफै जानुस भन्दै तर्किएको उनी बताउछिन्। प्रहरीले मद्दत नगरे पछि उनी अहिलेकी भाइरल माता सविता शरु आचार्य कहाँ छोराको बारे पत्ता लाग्छ कि भन्ने आशमा धाईरहेकी छिन्। 

उनको श्रीमानले उनी गर्भवती भएपछि दोस्रो श्रीमती ल्याए। उनले दुईवटा श्रीमती नल्याउने को छ भनेर चित्त बुझाइन। उनी श्रीमान र उनको सौता एउटै ढेरामा   सँगै बस्न थाले। उनले सन्तान जन्मेको एक महिना पछि सुत्केरी बस्न आफ्नो माइत इटहरी गइन। ४ महिना पछि उनी आफ्नो काठमाडौँमा रहेको डेरामा फर्किन। तर ११ दिन अघि उनको श्रीमान र सौताले आदि रातमै छोरा लिएर बेपत्ता भएको उनी बताउछिन्। उनी विगत ११ दिन देखि आफ्नो छोराको खोजिमा लागेकी छिन्। उनले एक्लै भए पनि छोरा पाल्छु भन्दै श्रीमानलाई छोरा दिन मिडियामार्फत अपिल गरेकी छिन्।

बाँकी हेर्नुहोस भिडियोमा……

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू