३ सय १५ किलो तौल भएका यी युवक दिनभरी भिडियो हेर्छन्, खान्छन र सुत्छन् (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वमा अवस्थित राज्य जर्जियाका एक युवकले मोटोपनाको समस्याले आफुले भोगिरहेको दैनिकी बारे खुलाएका छन् ।

टिएलसी रियालिटि सिरिजनमा उनले आफ्नौ दैनिकी दिनभरी भिडियो गेम खेल्दै वित्ने गरेको बताएका हुन्। केसी किङ नाम गरेका युवक करिब ७ सय एल बि (३ सय १५ किलो ) तौलका छन् ।

मोटोपनाकै कारण जागिर नपाएको उनले बताए । फिट लुगानै नभिटिने उनको समस्या छदैछ। कोठामा वस्दा ढोका बन्द गरेर नग्न अवस्थामै भिडियो गेम खेल्ने गरेका छन् ।

उनी दैनिक रुपमा मध्यान्ह १२ बजे उठ्छन् , त्यसपछि खाना खान्छन् र भिडियो गेम खेल्दै दैनिकी बिताउँछन्। बाहिर नुहाँउदा सुँगुरले जस्ते उनले नुहाँउनु पर्छ। खाना खान धित नमरुन्जेल सम्म नछाड्ने उनले बताए।

प्रतिक्रिया