‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भन्ने तामाङ पक्राउ

admin

काठमाडौं, ६ जेठ : ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भन्दै सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा बानेश्वरमा बस्ने सिन्धुपाल्चोकका ३४ वर्षे लाल बाहदुर तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ। बानेश्वरबाट तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।

सामाजिक संजाल फेसबुक दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ-भाई’ नामक फेसबुक आइडीबाट तामाङले यस्तो कमेन्ट गरेकाे महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

प्रतिक्रिया