५० हजार युवालाई रोजगारीको घोषणा

राष्ट्रिय समाचार समिति

श्रीनगर भारत, ११ भदौ: भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गर्नुभएको हो । उहाँले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पार्नुभयो ।

“हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उहाँले भन्नुभयो । उहाँले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार सम्मेलनमा मलिकले भन्नुभयो,“आउदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ ।” रासस÷एएनआई

प्रतिक्रिया