५ बर्षमा बिहे, ७ जना सौता, पतिलाई लाहुरेले काटे, ७४ वर्षीया आमाको दुनियाँ रुवाउने कथा

मनिषा थापा

पिएनपिखबर : वृद्धाश्रम ती ज्येष्ट नागरिकहरुको लागि हो जो आफ्नो परिवारको साथमा बस्दैनन् अथवा निराश्रित हुने गर्छन। जुन वृद्धको लागि कुनै आश्रय हुदैन र साहराको नाममा कोहि हुदैन उनीहरुलाई वृद्धाश्रमले एक सुरक्षित आश्रय प्रदान गर्दछ। त्यहाँ थुप्रै वृद्धवृद्धाहरुले आश्रय लिएर बसेका छन्। ती मध्य एक वृद्धा हुन् माइली मगर।

हेटौडा घर भएकी माइली मगरलाई आफ्नो परिवारले आश्रम लगेर छाडेका हुन्। उनलाई आश्रम आउनु अघि आश्रम के हो भन्ने कुरा थाहाँ थिएन। उनलाई मनमा ठुलो जिज्ञासा थियो आश्रमको बारे जान्ने। उनले कस्तो हुन्छ कहाँ हो आश्रम भनेर आफ्ना दाई, र दाईको छोरालाई सोधिन। उनका दाईका छोराले आश्रम हेर्न लान्छु भनेर भक्तपुरस्थित मानव कल्याण समाजमा लगेर राखदिए। उनी भन्छिन, ‘हेर्न मात्र आएकी मलाई के थाहाँ आश्रम मै छाड्ने योजनागरिरहेका रहेछन।’

यी आमाको विवाह ५ वर्ष मै भएको थियो। उनी सानै उमेरमा विवाह भएका कारण उनी माइतैमा बसिन। उनका एक भाई विदेश होम्मिए र पछि उतै विवाह गरे। उनी विदेश मै बस्ने भएका कारणले घरको सम्पति दिदीलाई दिने भने। तर काकाको छोराहरुले अनेक षड्यन्त्र गरेर सम्पति लिए। उनका श्रीमान लाहुरे थिए तर पछि श्रीमानले ७ ओटा श्रीमती विवाह गरे।

धेरै श्रीमती विवाह गरेका उनका श्रीमानलाई अरुले मारिदिए। त्यसपछि उनी सधै माइत नै बस्नुपर्यो। उनी पछि मन्दिरमा गएर मागेर बस्न थालिन। उनी भन्छिन, ‘मन्दिरमा मागेर मैले १३ हजार जति जम्मा पारे।’ उनी वृद्धा अवस्थामा पुगे पछि घरबाट बोज भएर आश्रममा बस्न बाध्य भएकी छिन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू