६ महिने शिशु धेरै रोएको भन्दै तातो फ्राई प्यानमा उभ्याई दिएपछि

रिता घिसिंग

पिएनपिखबर : अमेरिकाको मेरिल्याण्डमा बस्ने जोडी आफ्नो बच्चाको खुट्टा देखेर हैरान भएका छन्। ६ महिने बच्चाको अचानक पैतालामा फोका उठ्न थाल्यो। बच्चा रुन छोडेको थिएन। आमाले शिशुलाई हस्पिटल पुर्याए। जब डाक्टरले फोका उठ्नुको कारण भने तब उनले पुलिसलाई खबर गरि बेबी सिस्टरलाई पक्राउ गरेका छन्।

डाक्टरले शिशुको पैताला डढेको कारण फोका उठेको बताएपछि आमालाई शंका लागेको थियो यो काम बेबी सिस्टरको हो। यो सत्य साबित भयो।

३६ बर्षिय बेबिसेस्टर इस्मेल्ड रामोसले आफु बच्नको लागि अनेकौ कहानी बुन्न थाले। तर पुलिसको अगाडी उनको केहि लागेन। अन्तत् उनले आफ्नो गल्ति स्वीकारेका छन्। उनले शिशु धेरै रुन थालेपछि रिसले तातो फ्राई प्यानमा उभाई दिएको बताए। उनि खाना बनाउदै थिए सोही क्रममा शिशु धेरै रुन थाले। अनि उनले चुप गराउनको लागि तातो प्यानमा उभाई दिएका थिए। उनि दोषी साबित भएपछी उनलाई १ बर्षको जेल सजाय तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू