६ मिस्ड कल आउने बित्तिकै गायब भयो २ करोड, ब्यापारीको उड्यो होस

रिता घिसिंग

एजेन्सी : भारतको मुम्बईमा सिम स्वापिंगको एक यस्तो घटना भएको छ, जसलाई थाहा पाउँदा तपाईँको पनि होस उड्न सक्छ । मुम्बईको माहिम क्षेत्रका व्यापारी वी शाहको मोबाइलमा २७–२८ डिसेम्बर राती दुई नयाँ नम्बरबाट ६ वटा मिस्ड कल आए । र केही समयपछि उनको खाताबाट दुई करोड रुपैयाँ निकालियो । जबसम्म उनलाई यो विषयमा जानकारी भयो त्यो बेलासम्म १४ फरक फरक खाता यो रकम ट्रान्सफर भइसकेको थियो ।

जुन नम्बरबाट उनलाई मिस्ड कल आएको थियो ती मध्ये एक नम्बर बेलायतको कोड नम्बर (००४४) को थियो । उनले जब यो नम्बरमा ब्याक कल गरे, सो नम्बर बन्द थियो । यसपछि उनी बैकमा पुगेर खाता चेक गर्दा खाताबाट करोड ८६ लाख रुपैयाँ फरक फरक खाता ट्रान्सफर भएको देखियो ।

बैंकले तत्काल एक्शन लिँदा २० लाख रुपैयाँ भने फिर्ता ल्याउन सकियो । उनको निवेदनअनुसार साइबर क्राइम प्रहरीले एफआईआर दर्ता गरेर घटनाको अनुसन्धान शुरु गरेको छ ।

प्रहरीका अनुसार ठगहरुले शाहको यस्निक सिम नम्बर पत्ता लगाएर यसै आधारमा सिम स्वापिंग रिक्वस्टका लागि मिस्ड कल दिएको हुन सक्ने बताएको छ । तर, शाहले यूनिक नम्बर कसैलाई शेयर नगरेको बताएका छन् ।

साइबर विज्ञहरुले ठगले फिशिंग, भ्वास फिशिंग र स्किमिंगका माध्यमबाट यूजरको व्यक्तिगत जानकारी जम्मा गर्ने र यसपछि फोनमा मालवेयर इस्टल गरेर पनि यूजरको सिम रिलेटेड र व्यक्तिगत जानकारी हासिल गरेर ठगी गर्न सक्ने बताउँछन् ।

जानकारका अनुसार सिम स्वापिंगका क्रममा म्यासेज पठाएको केही समयपछि ग्राहकको मोबाइल नम्बर ब्लक हुन्छ । र यूजरको मोबाइल ब्लक भएपछि ग्राहकको फेक आईडी प्रुफको सहयोगले सो नम्बरको अर्को सिम निकाल्छन् र ओटीपी प्राप्त गरेर अनलाईन बैंकिंगको पासवर्ड चेन्ज गर्छन् । र यसैको प्रयोग गरेर रुपैयाँ ट्रान्सफर गर्छन् वा शपिंग गर्छन् ।

प्रतिक्रिया