६ वर्षिया छोरी हत्याको अभियोगमा आफ्नै आमा र उनको प्रेमी पक्राउ

मनिषा थापा

पिएनपिखबर : बर्दियाको बासगढीस्थित छोरीको हत्या गरेको आरोपमा आफ्नै आमा र उनको प्रेमी पक्राउ परेको घटना सार्वजनिक भएको छ। 

भाद्र १८ गते राति ६ वर्षिया सिमरन हमाल आफ्नै घरको कोठामा गम्भीर घाइते अबस्थामा फेला परेकी थिइन। रगताम्मै अबस्थामा रहेकी उनलाई अस्पताल पुर्याइएपछि १९ गते मृत्यु भएको हो। उनकी आमाले छोरी खाटबाटै लडेको बताए पनि परिवारजनले भने उनले हत्या नै भएको बताएका छन्।

मृतक सिमरनको फुपू हरिकला हमालले घटना बारे बताउदै भनिन्, ‘भाउजुले छोरीलाई घरमा छाडेर छिमेकीको घरमा जन्मदिनको पार्टीमा गएकी थिइन। पछि घर फर्किएर उनले छोरीलाई आफै मार्ने प्रयास गरी खाटबाट लडेको भन्दै अरुलाई गुहारिन तर उनको अनुहारमा छोरीको त्यो हालत देखेर पनि पिडा देखिएन। भदैनी रग्तामै अवस्थामा थिइन। शरीरभर नै चोट नै चोट थियो,      त्यो कोठामा इट्टाको टुक्रा पनि भेटियो।’

उनले अघि भनिन्, ‘भाउजुको परपुरुषसँग अनैतिक सम्बन्ध थियो। दाई घर फर्किने दिन नजिक रहेको कारण छोरीले पोल खोल्ने डरले भाउजुले हत्या गरेको हुनुपर्छ।’

हत्याको आशंकामा मृतकको आमा र उनको प्रेमीलाई प्रहरीले हिरासत लिएको छ।

प्रहरीले पनि घटनाको अनुसन्धान फितलो बनाउँदै गएको उनको आरोप छ। प्रहरीले घटना घटेको ठाउँमा सिलबन्दी समेत् नगरेको र सोधपुछ पनि बच्चाको आमासँग मात्र गरेको कारण न्याय मिल्ने आश नरहेको उनले बताईन।

विगत ७ वर्ष देखि वैदेशिक रोजगारका लागि विदेशमा रहेका हरिकलाका दाई १ महिना पछि नेपाल फर्किने तरखरमा थिए। छिमेकीको अनुसार, मृतककी आमाले आफन्त भन्दै धेरै परपुरुष ल्याउने गरेको थिइन।  प्रहरीले भने ठोस प्रमाण हालसम्म नभेटिएको र अनुसन्धान जारी रहेको जनाएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू