७० हजार पुगेको सुनको भाउ आज कति पुग्यो ?

मनिषा थापा

काठमाडौं : साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन । आइतबार सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने आजपनि सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ। यसैगरी, आइतबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको छ ।

सुनको भाउ बढेसँगै किन्ने भन्दा गहना बेच्ने ग्राहकहरु बढीरहेको सुन व्यसायीहरुको गुनासो छ।

प्रतिक्रिया