७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु

admin

काठमाडौं , फागुन ८ : अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ ।  आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

पाठकको राजीनामा स्वीकृत भएको चार दिनपछि आयोगले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको जानकारी प्रवक्ता रामेश्वर दंगालले दिए । ‘पाठकमाथि लागेको आरोपमा अनुसन्धान समिति बनाएर छानबिन थालिएको छ,’ दंगालले भने, ‘नेपाल इञ्जिनियरिङ कलेज घुस प्रकरणमा केन्द्रित भएर अनुसन्धान हुनेछ । यस क्रममा अन्य अनियमितताका विषय फेला परे त्यसमा पनि छानबिन हुन्छ ।’ याे समाचार नागरिकमा प्रकाशित छ ।

प्रतिक्रिया