८१ वर्षका कादर खानको मृत्युको गलत हल्ला, भेन्टिलेटरमा छन् उनी

मनिषा थापा

पिएनपिखबर : बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको मृत्यु को खबर एक हल्लामात्र भएको खुलासा भएको छ। निधनको खबर चौतर्फी फैलिएपछि उनका छोरा सर्फराजले गलत भएको स्पष्ट पारेका छन्।

उनलाई क्यानाडाको अस्पतालमा भर्ना गरिएको छ। यसैबीच सामाजिकसंजालभरी उनको निधनको हल्ला फैलिएको छ। उनको अवस्था नाजुक भएको कारण उनलाई (BiPAP) भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी नामक रोगका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । यस जानकारी कादर खानका छोरा सरफराज खानले नै दिएका हुन् । उनलाई श्वास लिन समस्या भईरहेको छ। उनलाई डिमेंसिया अर्थात भुल्ने विमारी भएको छ।

कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । सरफराजका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू