एलिना रायमाझी र जय किशन बस्नेतले खोले एक अर्काको यस्तो अपत्यारिलो र रहस्यमय पोल [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। भारतमा धुम निकै चलेको चलचित्र हो । यही चलचित्रको नाम सापट लिएर नेपालमा केही वर्षदेखि जय किशन बस्नेतले धुम सिरिज निर्माण गरिरहेका छन् । धुमको सिक्वेल धुम–३ यही शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

आम दर्शकको प्रतिक्रिया हेर्ने हो भने चलचित्रले राम्रो व्यापार गर्न सफल भएको मान्न सकिन्छ। त्यसो त जय किशन बस्नेतले सामाजिक संजालमा पोस्ट गरेका भिडभाडका फोटोबाट पनि पुष्टि हुन्छ कि चलचित्रले आम दर्शकको मन जित्न सफल भएको छ।

जय किशन लामो समय देखि चलचित्र क्षेत्रमा लागेका निर्देशक, निर्माता एवम कलाकार हुन्। चलचित्र क्षेत्रमा उनको योगदान अतुलनिय छ। तर पनि उनमा आफु कहिल्यै घमण्ड गर्दैनन्। अग्रजलाई आदर गर्छन् अनि सानालाई माया। त्यसैले नै होला उनी अहिले सम्म चलचित्र क्षेत्रमा टिकी रहेका छन्।

यस चलचित्रमा भने उनले नव नायिका एलिना रायमाझीलाई आफ्नो फिल्मबाट डेब्यु गराएका छन्। एलिनाको अभिनय पनि प्रसंशा जनक भएर नै होला सायद उनी पनि जय किशन सँगसँगै हलहलमा देखा परिरहेकी हुन्छिन्। हरेक अन्तर्वार्तामा हसिलो मुद्रामा उपस्थित भैरहेकि हुन्छिन्।

जयकिशन बस्नेत फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र धुम–३ का प्रस्तुतकर्ता जाहन्बी बस्नेत तथा ब्रबिम बस्नेत हुन् । जीवन श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व तथा तुलसी बाँस्कोटाको सम्पादनको यो चलचित्र एक महिनाभन्दा बढी लगाएर छायांकन गरिएको हो । काल्पनिक वा नाटकीयभन्दा पनि मानवीय जीवनका यथार्थमा आधारित रहेर यो चलचित्र निर्माण गरिएको निर्माता बस्नेतको भनाइ छ ।

झन्डै १ करोड लगानी भएको धुम–३ का दृश्य काठमाडौंका साथै बाहिरका जिल्लामा समेत खिचिएको छ । जय किशन बस्नेतको लगानी तथा लेखनको यो चलचित्रको सम्पादन तुलसी बासकोटाले गरेका हुन् ।

धुम ३ को अर्को सिरिज धुम ४ को पनि उनी तयारि गर्दै छन्। आफुले नै डेब्यु गराएका नायक विराज भट्ट, रमित ढुंगाना लगायतका कलाकार राखेर कथा लेख्दै गरेको उनले बताए। उनको भनाइ अनुसार एलिना रायमाझी पनि धुम ४ मा अटाउने छिन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू