दोश्रो गीतबाट हिट भएकी समिक्षा अधिकारीको बुबाले गरे यस्तो निर्णय [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। नेपाली फिल्म ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ गीत गाएकी बाल गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको ‘बाबा बनमा काफल..’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा परदेशमा भएका आफ्ना बुवालाई एउटी बालिकाले चाडै घर फर्केर आउँनु भन्दै बोलाएको कथा देखाइएको छ । गीतको भिडियो निकै मार्मिक बनेको छ । भिडियोमा बसन्त सापकोटा बुवा र समिक्षा अधिकारी छोरीको भुमिकामा प्रस्तुत छन् ।

सुदिप बरालले छायाँकन गरेको गीतलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । संगीत समायोजन सहास शाक्यको रहेको छ भने भिडियो निर्देशन सरोज वलीको रहेको छ । समिक्षा पछिल्लो केही समययता आफ्नो सुमधुर स्वरका कारण चर्चामा छिन् । 

‘बालापनको उमेर’ हिट भएको करिब ५ महिनापछि समिक्षा एकाएक भाइरल भएकी हुन् । उनै समिक्षालाई पोखराबाट संगीतकार बसन्त सापकोटाले राजधानी ल्याएर गीत रेकर्ड गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू