अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको लियोनल मेस्सीको प्रतिमा तोडफोड

Loading...

पुस २७, अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो ।

गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग छैन । हात तथा टाउको फालिएको छ ।

स्थानीय सरकारी अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीब्र गतिमा भएको बताएका छन् । मेस्सीको प्रतिमा बबर्रताको सिकार भएको स्थानीय निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

Loading...