सिरियाको अस्ताना शान्ति वार्ता जनवरी २३ मा

सिरियाको अस्ताना शान्ति वार्ता जनवरी २३ मा

पुष २७, मस्को (रसिया) । सिरियाको राजनैतिक भविष्यसँग गाँसिएको अस्ताना शान्ति वार्ता यही जनवरी २३ गतेका लागि तय भएको रसियाली विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

बुधबार सम्वाददातासँग कुरा गर्दै विदेश मन्त्रालयका एक अधिकारीले वार्ता जनवरी २३ का लागि तय भएको बताउँदै भने वार्ता मिति परिवर्तन हुने सङ्केत बुधबारसम्म नदेखिएको बताउनुभयो ।

वार्ता टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच हुने र सोही वार्ताबाट सिरियाको राजनैतिक अस्थिरतालाई सम्बोधन विश्वास लिइएको उनले बताए । रासस/एएफपी

प्रतिकृया दिनुहोस

Loading...