विश्वको कुख्यात १० सुसाइड पोइन्टहरु [फोटो फिचर]

पिएनपी मिडिया-एजेन्सी। प्रत्यक वर्ष दुनियामा लाखौ मानिसले आत्महत्या गर्छन । आज हामी तपाईलाई केहि यस्तै ठाउको बारेमा बताउन गईरहेका छौ जसलाई दुनियाको आत्महत्या गर्नको लागि सबैभन्दा कुख्यात ठाउ मान्ने गरिन्छ । planetdeadly.com को अनुसार यसमा धेरै ठाउँ यस्तो छ कि जहाँ मानिस हाम फालेर आफ्नो प्राण त्याग्ने गर्छन।

यहाँ बाट आत्महत्याको कोशिस गरेपछि बाच्ने सम्भावना धेरै कम हुन्छ । यी ठाउँमा मात्रै बढी आत्महत्या किन हुन्छ भन्ने बिषयमा लगातार बहस हुदै आएको छ । यहाँ आएर आत्महत्या गर्नेको सोच घरमा आत्महत्या गर्नेको सोच भन्दा फरक हुन्छ।

१. नानजिंग यांग्जे नदिको पुल, चीन
चीनमा अवस्थित नानजिंग यांग्जे नदिको पुल सबैभन्दा बढी आत्महत्या गर्ने ठाउँको रुपमा शामेल गरिएको छ । यस पुलमा कार र ट्रेनको लागि दुई डेक छ । यो सन् १९६८ मा बनेको थियो र करिब ४७ वर्षमा यहाँ २००० मानिसले ज्यान दिईसकेका छन । यो पुल नदिबाट २०० फिट माथि छ ।

२.गोल्डेन गेट ब्रिज,सन फ्रान्सिस्को, अमेरिका
गोल्डेन गेट ब्रिजलाई आकर्षक ब्रिजको रुपमा लिइन्छ। तर यहाँ पनि प्रख्यात सुसाइड स्पट छ । यस ब्रिजको उचाई २४५ फिट छ । यहाँ करिब १६०० मानिसले आत्महत्या गरिसकेका छन ।

३. ओकिगहारा जंगल, माउन्ट फुजी, जापान
सन् २०१३ मा यहाँ १०५ जनाको शब् मिलेको थियो । यो जंगल यति टाढा र घना छ कि अधिकारीहरु पनि पुग्न सक्दैन थिए । तर जब यहाँ जाच गरिन्थ्यो केहि शब जरुर मिल्थ्यो ।

४. लन्डन अंडरग्राउंड
लण्डनको अंडरग्राउंड रेलमा औसत करिब १०० मानिस प्रत्यक वर्ष सुसाइड गर्छन । तरपनि, लण्डनको अंडरग्राउंड रेलमा सुसाइडको प्रयास गर्ने मध्ये आधि मानिस बच्न पुग्छन ।

५.द ग्याप, सिड्नी, अस्ट्रेलिया
करिब १०० फिट अग्लो ठाउँबाट यहाँ सुसाइडको कोशिस गरिन्छ । प्रत्यक वर्ष औसत करिब ५० मानिसले यहाँ ज्यान दिन्छन ।

६. नियाग्रा फल्स
क्यानाडा र अमेरिका को सिमा मा अवस्थित नियाग्रा फल्स करिब १६५ फिट गहिरो छ। कतिपय मानिस त यहा दुर्घटनाको कारणले पनि मरेका छन। औसतमा प्रत्यक वर्ष यहाँ २५ जनाले ज्यान दिने गर्छन।

७. बिचि हेड, बेलायत
यसको उचाई ५०० फिट छ । यहाँ प्रत्यक वर्ष औसतमा २० जना मानिसले प्राण त्यग्ने गरेको पाइन्छ । कति मानिसले यहाँ हाम फालेर प्राण त्यागे त कतिले कार चलाउदा चलाउदै सुसाइड गरिसकेका छन ।

८. न्युयोर्क स्काईलाइन
अरु अमेरिकी सहरभन्दा न्युयोर्कमा अग्लो भवनबाट हाम फालेर ज्यान दिने आंकडा १० गुणा बढी छ । यहाँ घरहरुको उचाई १००० फिटसम्म हुन्छ ।

९. बोस्फोरस ब्रिज, इस्तानबुल,टर्की
यो पुलले एसिया र यूरोपलाई जोड्छ । २१० फिट अग्लो पुलबाट हम फाल्दा बाच्ने सम्भावना सिर्फ ३% मात्र हुन्छ । यो १९७३ मा बनेको थियो । अधिकारीहरुले सुसाइडलाई रोक्नको लागि यस पुलमा पैदल आवतजावत गर्न रोक लगाएका थिए । तर कति मानिस ट्याक्सीमा आउथे र बिचमा पुलमा उत्रेर सुसाइडको कोशिस गर्थे । सयौ मानिसले यहाँ प्राण त्याग गरिसकेका छन् ।

१०. माउन्ट मिहारा, जापान
यो जापानमा सबैभन्दा प्रख्यात सुसाइड पोइन्ट हो । बास्तबमा माउन्ट मिहारा एक सक्रिय ज्वालामुखी हो र यहाँ टाढा-टाढा बाट मानिसहरु प्राण त्याग्न आउने गर्थे । अधिकारीहरुले वन वे टिकट लिएर यहाँ आउन रोक लगाएका छन ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

Loading...