निर्वाचन नहुँदा विकास निर्माणको काम अवरुद्ध–मन्त्री जोशी

शीर्ष समाचार

शुक्रवार - बैशाख १५, २०७४
Friday - Apr 28, 2017

निर्वाचन नहुँदा विकास निर्माणको काम अवरुद्ध–मन्त्री जोशी

पुस २७, रामपुर(पाल्पा) । उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएकाले विकास निर्माणको काममा बाधा पुगेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पाले आज रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – सरकराले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ ।

मन्त्री जोशीले “संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकाले सरकारले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ भन्नुभयो ।” बन्द भएका हेटाँैडा कपडा उद्योग र नेपाल औषधि उद्योग कम्पनी लिमिटेड पुन ः सञ्चालनका लागि काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै उहाँले अबको दश वर्षभित्र मुलुकमा ठूला उद्योगहरु स्थापना गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण मिलाउन सरकार लागि परेको बताउनुभयो ।

मन्त्री जोशीले मुलुकको ठूलो युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएकाले अब रोजगारी स्वदेशमै सिर्जना गर्ने गरी औद्योगिक नीति ल्याउन लागेको जानकारी दिनुभयो । रासस

प्रतिकृया दिनुहोस

Loading...