अत्यधिक चिसोका बिचमा यसरी मनाइयो ‘नो पाइन्ट डे’ [फोटोफिचर]

एजेन्सी। प्रत्येक वर्षको जनवरी ८ तारिखमा अमेरिकालगायत विभिन्न देशमा ‘नो पाइन्ट सबवे राइड डे’ मनाइन्छ । यो दिनमा अमेरिकाको न्यूयोर्क, लस एन्जलस, शिकागो, लण्डन र पेरिसमा मानिसहरु पाइन्ट नै नलगाई भित्री बस्त्रमा मात्र घुम्ने गर्दछन् । उक्त समूहका सात सदस्यले जनवरी ८ तारिखमा पाइन्ट नलगाई मेट्रोमा यात्रा गरेर यसको थालनी गरेका थिए । यसलाई पहिलो पटक न्यूयोर्कमा मनाइएको थियो । अहिले यो संसारभरी चर्चित भएको छ ।

 

प्रत्येक वर्ष करिब ९ हजार देखि १० हजार मानिसले यसमा भाग लिने अनुमान गरिएको छ ।

लण्डनका बासिन्दाले आफ्नो शरिरको कम्मरमाथि कोट, ह्याट, स्कार्फ सबै लगाउँछन् तर कम्मरमुनी भित्रिवस्त्र मात्र । यद्यपी, उनीहरुले मोजा र जुत्ता पनि लगाएका हुन्छन् ।

 

नेपाली महिना पुस र अंग्रेजी जनवरी निकै चिसो महिना मानिन्छ ।

यस्तो ठण्डीमा पाइन्ट नलगाई हिँड्ने सबैले कहाँ आँट गर्न सक्छन् र ?

नो पाइन्ट सबवे राइडको सुरुवात सन् २००२ मा ‘इवप्रोव’ नामको चर्चित थिएटर ग्रुपले गरेका थिए ।

डेलिमेलको सहयोगमा

प्रतिकृया दिनुहोस

Loading...