मनाङमस्र्याङ्दी सेमिफाइनलमा

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

मनाङमस्र्याङ्दी सेमिफाइनलमा

Loading...

पुस २६, काठमाडौँ । ए’ डिभिजन क्लब मनाङमस्र्याङ्दी यहाँ जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वार्टर फाइनलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २–० गोलले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङको जितमा ५१औँ मिनेटमा ओलावा ओफिज र ८९औँ मिनेटमा सुशील लामाले गोल गरेका थिए ।

बुधबार अन्तिम क्वार्टरफाइनलमा नेपाल आर्मी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मनाङसँगै भारतको दिल्ली युनाइटेड र आयोजक सुदूरपश्चिम—११ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनलमा मनाङले दिल्ली युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदूरपश्चिम–११ ले भने सेमिफाइनलमा नेपाल आर्मी र सङ्कटाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यही पुस २१ गतेदेखि जारी प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले रु दुई लाख ५१ हजार पाउनेछन् । रासस

प्रतिकृया दिनुहोस

Loading...