बच्चालाई भुलेर पनि नभन्नुहोस् यी ८ कुराहरु

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

बच्चालाई भुलेर पनि नभन्नुहोस् यी ८ कुराहरु

बच्चालाई जहिले पनि हाँसी खुसी राख्ने प्रयास गर्नुहोस् । कुनै कारण बच्चा रिसायो भने फकाउनको लागि बिभिन्न उपाय अपनाउनुस् । दिक्क लाग्यो भन्दैमा बच्चासँग रिस नपोख्नुहोस् । बच्चाले तपाईलाई सताई रहेपनि उसले जानजानी गरेको हुँदैन् । बच्चालाई व्यक्त गर्न नहुने केही महत्वपूर्ण कुराहरु हामीले तल उल्लेख गरेका छौँ ।

१. तपाईले कहिले बच्चासँग “तिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिए, म बच्चा हुँदा क्षमतावान थिए, तिमी अझै यस्तो छौ ।” भनेर तुलना गर्नु भएको छ ? यदि गर्नु भएको छ भने त्यो सबैभन्दा ठूलो भूल हो । त्यस्ता कुराले बालबालिकाको आत्मविश्वास कमजोर हुने भएकाले त्यस्ता कुराहरु बच्चासँग कहिले नगर्नुहोला ।

२. बालबालिकालाई कहिल्यै पनि सजाय दिने काम नगर्नुहोला । बाल्य अवस्था सिकाई उमेर हो । बच्चाले गरेको कामले तपाईलाई गर्व नलाग्न सक्छ । साथै तपाईलाई बच्चाले गरेको काम मन नपर्न सक्छ । उनीहरुका मनका निर्णयमाथि दोष नलगाउनुहोला । एउटा तपाईले थाहा पाउनु पर्ने बिषय, अभिभावकको रुपमा तपाइको काम बच्चालाई निर्देशन दिने हो तर आफ्नो बिचार लाद्ने होइन । त्यसैले यस्तो बिषयमा ख्याल पुर्याउने गरौँ ।

३. तपाईले कहिले बच्चालाई कसैसँग तुलना गरेर अर्काको बच्चा जस्तो राम्रो किन हुन्नस भन्नु भएको छ ? त्यो तपाईको सबैभन्दा ठूलो भूल हो । सबै बालबालिका जन्मदै विशेष क्षमता लिएर आउदैनन । तपाईले दाजुभाईसँग तुलना गर्नु भयो भने पछि दाजुभाईभीच नै विश्वासको खाडल बन्न पुग्न सक्छ । तपाईप्रति समेत बच्चाहरुले नकारात्मक धारणा राख्छन् ।

४. कहिलेकाही बालबालिकाको हट गर्ने तथा लगायतका व्यवहारले अभिभावकले बच्चाबाट टाढा बस्न पाए हुन्थ्यो भन्ने गर्छन् । बच्चा प्रति रिस पोख्दै एक्लै छोडिदिन्छु भन्ने गरेको हुन्छ । तर त्यस्तो व्यवहारले बच्चाले आफूलाई अपमानित गरेको महशुस गर्छन र बिस्तारै डिप्रेसनको शिकार हुन्छन् ।

५. श्रीमान श्रीमतीबीच कहिले काँही मनमुटाब अथवा झगडा भयो भने बच्चामाथि अनाहकका रिस पोख्ने गरेको पाईन्छ । बच्चालाई अपमान महशुस हुने गरी तिमी त आफ्नै आमा अथवा बुवा जस्तो भने गाली गर्ने गरेको पाईन्छ । त्यसले गर्दा बच्चालाई ठूलो असर पर्न सक्छ ।

६. अबोध बालबालिकाले कहिले केही बिगारेमा अभिभावकले बच्चालाई तैले मलाई साह्रै दुःख दिईस भन्ने गरेको पाईन्छ । बच्चाको बानीलाई लिएर अत्यधिक आलोचना गर्नु भयो भने बच्चाले अपराध बोध गर्न सक्छ ।

७. तपाईले सुन्नु भएकै होला कुनै अभिभावकले आफ्नो बच्चालाई तिमी जस्तो बच्चा हुनुभन्दा त निसन्तान हुनु बेस भनिरहेका हुन्छन् । त्यस्तो रिस र आवेगको कारण बालबालिकामा गम्भीर असर गर्छ । त्यस्तो भन्दा बालबालिकालाई मानसिक रुपमा चोट पुग्छ ।

८. साथी बनाउदा बयस्क मानिसले त सोच्दैन भने बालबालिकाले सोचेर साथी बनाउलान भन्ने कुरै हुँदैन् । खराब साथीको संगत आजैबाट छोडदउ भनेर कहिले नभन्नुहोस् । खराब साथीसँगको संगत भईरहेको छ भने छुटाउने अन्य उपाय खोज्नुस् । विभिन्न अनलाइन माध्यमहरुबाट साभार गरिएको

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

प्रतिकृया दिनुहोस

Loading...