यमनको युद्धमा चौध सय बालबालिकाले ज्यान गुमाए,सयौँ बालबालिका घाइते

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

यमनको युद्धमा चौध सय बालबालिकाले ज्यान गुमाए,सयौँ बालबालिका घाइते

पुष २७ , साना । यमनमा जारी युद्धको कारण करिब एक हजार चार सय बालबालिकाले ज्यान गुमाउनुका साथै अन्य सयौँ बालबालिका घाइते भएका छन् ।

त्यसैगरी यस युद्धका कारण कैयौँ विद्यालय बन्द भएको संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेभ) ले बुधबार जानकारी दिएको छ ।

यमनमा जारी द्वन्द्वको क्रम सर्वसाधारणको बस्ती इलाकामा भएको आक्रमणमा परी सयौँ बालबालिकाको मृत्यु भएको यमनका लागि युनिसेफका प्रतिनिधि मेरितसेली रेलानोले बताएकी छिन् ।

यमनमा सन् २०१५ को मार्च महिनाबाट इरानको समर्थन भएको हुथी विद्रंोहीको विरुद्ध र यमनी सरकारको समर्थन गर्दै साउदी अरेबियासँग आवद्ध संयुक्त गठबन्धनले जारी राखेको कारबाहीमा परी सात हजार तीन सय व्यक्तिको मृत्यु भइसकेको छ ।

रेलानोले द्वन्द्वमा सहभागी रहेका सबै पार्टीलाई बालबालिकाको रक्षाका लागि शिक्षालयमा आक्रमण गर्न बन्द गर्न आह्वानसमेत गरेकी छिन् ।

गत मङ्गलबार मात्र पनि उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको स्थानमा अवस्थित एक विद्यालयनजिकै भएको हवाई आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको थियो । ती पाँच व्यक्तिमा दुई बालबालिकाको मृत्यु भएको युनिसेफले पुष्टि गरेको छ ।

विद्यालयमा सधैँ नै शान्त वातावरण हुनुपर्छ र शिक्षाको यो पवित्र स्थलमा बालबालिकाले पढ्ने, बढ्ने, खेल्ने र सुरक्षित हुन पाउनुपर्ने अधिकार रेहको रेलानोले बताएकी छिन् । बालबालिका विद्यालयमा रहेको अवस्थामा कहिले पनि खतराको अनुभूति हुन नहुने उनी बताउ छिन् ।

यमनमा रहेका करिब दुई हजार विद्यालय क्षतिग्रस्त एवम् ध्वस्त हुनका साथै केहीमा सैनिक प्रायोजनका लागि प्रयोगमा आइरहेको पनि उनले जानकारी दिएकी छिन् । रासस/एएफपी

प्रतिकृया दिनुहोस

Loading...