जनिराखौ मोबाइल फोन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु

शीर्ष समाचार

शुक्रवार - बैशाख १५, २०७४
Friday - Apr 28, 2017

जनिराखौ मोबाइल फोन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु

एजेन्सी, काठमाडौं। आधुनिक तथा व्यस्त जीवनशैलीमा मोबाइल फोन जीवनकै अभिन्न हिस्सा बनिसकेको छ । त्यसैले मोबाइल फोनसँग जोडिएका हरेक समस्या समाधानमा प्रयोगकर्ताको चासो रहनु स्वाभाविक हो ।


मोबाइलको ब्याट्री नटिक्नु, ढिलो चार्ज हुनुजस्ता समस्या प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । अझ खासगरी इन्ड्रोइड फोन प्रयोगकर्ताका लागि ब्याट्री ढिलो चार्ज हुनु तथा नटिक्नु मुख्य समस्या बनिरहेको हुन्छ ।

छिटो चार्ज गर्नु तथा ब्याट्री लामो समयसम्म टिकाउनका लागि त्यस्तो खास अचुक उपाय त छैन तर केही तरिका अपनाउन सकेमा त्यसले राहत भने अवश्य दिन्छ ।

फ्लाइट मोडमा चार्ज गर्नुस्

मोबाइल फोन चार्ज गर्नुपर्दा फोनलाई फ्लाइट मोडमा राख्नाले तुलनात्मक रुपमा ब्याट्री छिटो चार्ज हुन्छ । फ्लाइट मोडमा कल आउने–जाने सुविधा हुँदैन तर यसले अलार्मलाई भने कुनै बाधा गर्दैन । रातको समयमा चार्ज गर्नु छ भने यसले बिहानीको समयका लागि तपाईले ‘वेक अप अलार्म’ राखेर सुत्न सक्नुहुन्छ । जसले गर्दा अलार्मले काम गर्दछ र तपाईलाई समयमै मोबाइल फोनले ब्यूँझन मद्दत गर्दछ ।

फ्लाइट मोडमा इन्टरनेट ब्राउजिङ र जीपीएसजस्ता फिचरले काम गर्दैनन् ।

स्वीच अफ

मोबाइल ‘अन’ राखेरै चार्ज गर्नु हानिकारक हुने मिथक पनि पाइन्छ तर त्यो सही होइन । यद्यपि मोबाइल अफ गरेर चार्ज गर्दा छिटो चार्ज गर्न मद्दत गर्दछ ।

युएसबी पोर्ट प्रयोग नगर्नुस्

तपाईलाई छिटो मोबाइल चार्ज गर्नुछ भने युएसबी पोर्ट प्रयोग नगरी विद्युतबाट चार्जरको सहायतामा चार्ज गर्नुस् । केही कम्पनीले त अन्य चार्जरको प्रयोग समेत नगर्न सुुझाव दिदैं मोबाइलका साथ उपलब्ध खास चार्जरको मात्र प्रयोग गर्न ग्राहकलाई सुझाएका हुन्छन् । यसले ब्याट्रीको आयुसम्बन्धी सन्तुलन कायम हुने उनीहरुको तर्क छ ।

उचित तापमानको ख्याल गर्नुस्

बढी तापमानले ब्याट्रीको चार्ज गर्ने क्षमतालाई कम गर्दछ । त्यसैले मोबाइललाई उचित तापमान मै राख्नुस्, ताकि बढी तात्न नपाओस् ।

एप्पल कम्पनीले त बढी तापमानका कारण ब्याट्रीको काम गर्ने क्षमताका निकै कमी आउने चेतावनी नै दिएको छ । उसले फोनलाई सूर्यको प्रकाशबाट टाढै राख्न पनि सुझाएको छ । जुन घरमा या फोन कभरले तापमान बढाउन मद्दत गर्दछ, त्यस्तोमा चार्ज गर्ने समयसमेत बढ्ने केही मोबाइल कम्पनीको दाबी छ ।

आधिकारिक चार्जरमात्र प्रयोग गर्नुस्

कार्यालय वा कतै बाहिर हुनुहुन्छ भने जसको पायो उसको चार्जर मागेर मोबाइल चार्ज नगर्नुस् । हमेशा आधिकारिक चार्जर बोकेर हिँड्नुहोस् र आवश्यकता अनुसार चार्ज गर्नुहोस् । अनधिकृत चार्जरले तपाईको ब्याट्रीको आयु घटाउन सक्छ । यहाँसम्म कि, त्यस्ता चार्जरको प्रयोगले तपाईको फोन राम्रोसँग चार्ज नहुने समस्या समेत निम्त्याउन सक्छ ।

प्रतिकृया दिनुहोस

Loading...