इटालीका प्रधानमन्त्री अचानक अस्वस्थ, शल्यक्रिया सम्पन्न

शीर्ष समाचार

शुक्रवार - बैशाख १५, २०७४
Friday - Apr 28, 2017

इटालीका प्रधानमन्त्री अचानक अस्वस्थ, शल्यक्रिया सम्पन्न

पुष २७, रोम (इटाली) । इटालीा प्रधानमन्त्री पाओलो जेन्टिलोनी पेरिसबाट स्वदश फर्किने क्रममा मङ्गलबार अस्वस्थ महसुस गरेपछि भएको आकस्मिक शल्यक्रिया सफल भएको छ ।

यात्राका क्रममा असहज महसुस गरेपछि उहाँलाई उपचारका लाग अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा रक्तनली अवरुद्ध भएको तथा साघुरिएको भन्दै उहाँको शल्यक्रिया गरिएको हो ।

वैसठ्ठी वर्षीय प्रधानमन्त्री शल्यक्रियापछि होसमा आइसक्नुभएको र उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको उहाँका सहयोगीले बताउनुभयो ।

“बुधबार बिहान हामीले कुराकानी ग¥यौँ, मलाई विश्वास छ प्रधानमन्त्री छिट्टै काममा फर्किनुहनुेछ, जेन्टिलोनीका निकट रहेको मन्त्री बेनेडेट्टो डेल्ला वेदोभाले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

उहाँको उपचार एन्जियोप्लाष्टी प्रविधिबाट गरिएको थियो ।

इटालीका पूर्व प्रधानमन्त्री मेटेओ रेन्जीले इटालीमा भएको जनमत सङ्ग्रहमा अपेक्षाकृत नतिजा पाउन नसकेपछि अकस्मात राजिनामा दिनुभएको थियो ।

जेन्टिलोनीलाई गत महिनामा नियुक्त गरिएको थियो । प्रधानमन्त्री नियुक्त भएपछि यूरोपेली मुलकका नेताहरुसँगको भेटलाई प्राथमिकतामा राखी विदेश दौडाहमा हुनुहुन्थ्यो । उहाँले बिहीबार बेलायती समकक्षी थेरेसा मेसँग भेट्ने कार्यक्रम थियो । रासस/एएफपी

प्रतिकृया दिनुहोस

Loading...