यी हुन् संसारकै सबैभन्दा साना बस्तुहरु [फोटो फिचर]

संसारमा वस्तुहरु ठूलो होस वा सानो ती सबैको महत्व उत्तिकै हुन्छ। यही कारण संसारमा साना वस्तुहरको बारेमा रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ। जुन धेरै चीजसँग तुलना गरदा पनि सानो देखिएको छ।

१. सबैभन्दा सानो बन्दुक
स्विस मिनी गनको नामबाट प्रसिद्ध यो बन्दुक विश्‍वकै सबैभन्दा सानो बन्दुक हो। तर यो बन्दुक ठूलो बन्दुक जस्तो मानिसको ज्‍यान लिन भने एक कदम अगाडी छ।

२. सबैभन्दा सानो बडिबिल्डर
यो व्यक्तिको हाइट २ फिट ९ इन्च रहेको छ। भारतको स्थानी उसको नाम आदित्य हो। ऊ विश्‍वकै सबैभन्दा सानो बडिबिल्डरको रेकर्ड गराएको छ।

३. सबैभन्दा सानो माउसुली
यदि तपाई माउसुलीलाई ध्यान दिनुभयो भने यति छोटो माउसुली कसरी आयो भनेर छक्क पर्नुहुन्छ। ड्वार्फ नाम यो माउसुली जरागाउँ नेशनल पार्कमा पाउन सकिन्छ।

४. सबैभन्दा सानो कार
यो कार सबैभन्दा सानो रहेको छ। यसको तौल करिब ढेड सय पाउण्ड मात्रै रहेको छ। यसलाई तपाई सानो गल्लीमा समेत प्रयोग गर्न सक्नुहुन्छ।

५. सबैभन्दा सानो घोडा
यो विश्‍वकै सबैभन्दा छोडो घोडा हो जसको नाम आइन्सटाइन राखिएको छ। यसलाई पहिलो पटक हेर्ने मानिसहरु भने छक्क पर्ने गर्छन्। किनकी यसको आकार एउटा कुकुर भन्दा पनि सानो रहेको छ।

६. सबैभन्दा सानो स्कूल
युनेस्कोले इरानको एउटा स्कूललाई सबैभन्दा सानो स्कूल भनि घोषणा गरेको छ। यहाँ करीब ४ जना बच्चा मात्रै पढ्ने गरेका छन्।

७. सबैभन्दा सानो कित्‌ली
यो हो संसारकै सबैभन्दा छोटो कित्‌ली हो। यसको तौल करिब १.४ ग्राम रहेको छ। यो कित्‌लीको नाम वु रुइसेन राखिएको छ।

८. सबैभन्दा सानो जेल
यो हो संसारको सबैभन्दा सानो जेल । यसलाई सार्क जेल पनि भन्‍ने गरिन्छ। यसमा करिब दुई जना कैदी मात्रै रहने गर्दछ।

९. सबैभन्दा सानो बाँदर
विश्‍वकै सबैभन्दा सानो बाँदर अमेरिकामा पाउने गर्दछ। यो बाँदर अमेरिकाको ट्रापिकल जंगलमा पाउने गरिन्छ। यसको वजन करिब ४ इन्च रहेको छ।

१० सबैभन्दा सानो पोस्टल सर्भिस
अमेरिकाको सान फ्रान्सिस्कोमा डब्लू एस पी एस नामक पोस्टल सर्भिस रहेको छ। यो सबैभन्दा सानो भए पनि सेवा भने उपलब्ध गराउदै आएको हो।

११. सबैभन्दा सानो भ्यागुतो
यो भ्यागुतो एन्डीजको पहाडमा पाउने गरिन्छ। यसले टोकेमा मानिसलाई विष लाग्‍ने गर्छ। यसबाट मानिस टाढा रहने गर्दछ।

१२. सबैभन्दा सानो घर
अमेरिकाको सान फ्रान्सिस्कोमा टम्ब्लिविड नामको एउटा घर रहेको छ। जुन संसारकै सबैभन्दा सानो घर मानिएको छ।

१३. सबैभन्दा सानो कुकुर
यो संसारकै सबैभन्दा सानो कुकुर हो। यो करीब १ पाउण्ड रहेको छ। यसको नाम टीनी पिनोचियो हो।

१४. सबैभन्दा छोटो पार्क
यदि तपाई संसारकै सबैभन्दा सानो पार्क खोज्नुभयो भने पोर्ट ल्याण्डमा पाउन सक्‍नुहुनेछ। यसको क्षेत्रफल करीब २ फिट मात्रै रहेको छ।

१५. सबैभन्दा सानो माछा
यो संसारकै सबैभन्दा सानो माछा हो। यसको लम्बाइ ७.९ मिलिमिटर रहेको छ। इन्डोनेसियामा पाउने यो माछाको नाम पाइडोक्सीप्रिस प्रोजेनेटिक रहेको छ।

१६. सबैभन्दा सानो मानिस
कोलम्बियाका यी मानिस संसारकै सबैभन्दा सानो मानिस मानिन्छ। यसको नाम एडवर्ड नैनो हो। यसले गिनिज अफ वर्ड रेकर्डमा कायम गरिसकेका छन्।

१७. सबैभन्दा सानो पुलिस स्टेशन
फ्लोरिडाको क्याराबेलमा रहेको पुलिस स्टेशन सबैभन्दा सानो पुलिस स्टेशन मानिन्छ। हेरनमा पिसिओ बुथ जस्तो लागे पनि यो भने
सबैभन्दा सानो पुलिस स्टेशन हो।

१८. सबैभन्दा सानो बच्चा
सन् २००६ मा जन्मिएका हुआ एमिला टेलर संसारकै सानो बच्चा मानिएको छ। जन्मिदा यो बालक १०.५ इन्च र लम्बाइ ९ इन्च रहेको छ।

१९. सबैभन्दा सानो कलाकृति
संसारमा सबैभन्दा सानो कलाकृति एउटा यस्तो व्यक्तिले बनाएका हुन् जसले जीवनमा कहिल्‍यै पनि स्कूल जान पाएनन। ती व्यक्तिले यस्तो कलाकृति बनाए जसले सबैभन्दा सानो कलाकर्ति बनाएर। यसलाई सियो टुप्पोमा पनि राखेर हेर्न मिल्छ।

२०. सबैभन्दा सानो वियर
जर्मनकीको एउटा चर्चित आर्टिस्टले बनाएको यो टेडी बियर विश्‍वकै सबैभन्दा सानो वियर हो। यसको उचाई ५ मिलिमिटर रहेको छ।

- मिडिया एनपीबाट

प्रतिकृया दिनुहोस

Loading...