हिमपातले गर्दा सयौं उडान रद्द, दर्जनौं सवारी साधन एकसाथ दुर्घटना [फोटो फिचर]

वासिंटन, पुस २५ । आइतबार अमेरिकाको विभिन्न क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण दर्जनौं सवारी साधन एकसाथ दुर्घटना भएका छन् भने सयौं उडान रद्द गरिएका छन् ।


समाचार एजेन्सीहरुका अनुसार अलबामादेखि न्यूयोर्क सिटीसम्म हिमपातले प्रभावित भएका छन् । उत्तर कारोलिनाका बुर्लिङ्टन, ग्रिन्स्बोरो, रोक्सबोरो लगायतका क्षेत्रमा आठ इन्च अग्लो हिउँको सतहले जमिन ढाकिएको छ ।

 

ती क्षेत्रमा विमानस्थलसमेत बन्द गरिएका छन् । स्थानीय प्रशासनले सवारी साधन नचलाउन आग्रह गरेको छ । 

 

एजेन्सी

 

प्रतिकृया दिनुहोस

Loading...