जान्नुहोस किन हस्पिटलमा मोबाइल फोन लिएर जानु हुदैन ?

जान्नुहोस किन हस्पिटलमा मोबाइल फोन लिएर जानु हुदैन ?

पि.एन.पि मिडिया-एजेन्सी। जान्नुहोस किन हस्पिटलमा मोबाइल फोन लिएर जानु हुदैन ? वैज्ञानिकले चेतावनी दिएका छन कि आफ्नो मोबाइल फोनलाई मेडिकल वार्ड वा आइसीयु मा लिएर जानु हुदैन । किनकि बैज्ञानिकको अनुसार यसबाट बिरामीहरुमा गम्भीर संक्रमण फैलिन सक्छ । वैज्ञानिकले चेतावनी दिएका छन कि मोबाइलमा रहेको किटाणुले हस्पिटलमा संक्रमण फैलाउन सक्छ ।

अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन कि मोबाइल फोन मेडिकल वार्ड या आइसीयुको बाहिर नै छोडेर आउनु पर्छ । उनीहरुले हस्पिटलको राउण्डमा निस्कने डाक्टर र नर्सलाई पनि यस समयमा मोबाइल लिएर नजान चेतावनी दिएका छन ।

हालसालै १०० भन्दा बढी डाक्टरको मोबाइलको किप्याडको स्याम्पललाई आधार मानेर गरिएको अध्ययनले ५६ भन्दा बढी किप्याडमा जीवाणु बसेको थियो । मतलब यसमा धेरै थरिका हानिकारक जीवाणु बढी संख्यामा पाइयो । यो भन्दा पनि खतरनाक कुरा त धेरै जीवाणुले आफ्नो एन्टिबायोटिक रेजिस्टेन्स पावर बढाइसकेका छन्।

अनुसन्धानमा यो पनि अगाडी आयो कि कुरा गर्दा मुखबाट किटाणु फोनसेटमा जान्छ र किटाणु फैलने ठुलो कारण बन्न पुग्छ । उनीहरु सुझाब दिदै भन्छन कि, सबै अस्पतालमा 'नो मोबाइल फोन पोलिसी' लाई छिटै लागु गर्नु आवश्यक छ । तिरुपतिको एसबी बिस्वबिध्यालय मा माइक्रोबायोलोजी विभागका एम कुमारी चितुरी को नेतृत्वमा इंडियन साइंस कांग्रेसमा यो रिसर्च पेश गरिएको थियो ।

प्रतिकृया दिनुहोस

Loading...