कुन-कुन माेबाइल सेटमा चल्छ फाेर-जी ?

एजेन्सी। फोरजी चौथो जेनेरेशनको डाटा टेक्नोलोजी हो । फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरे अनुसारको सुविधा प्रदान गर्छ। फोरजी सेवा थ्रीजीको तुलनामा फास्ट हुनेछ । तार रहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रविधिमा सबैभन्दा पछिल्लो प्रविधि हो ।

टेलिकमले शुरुमा फोरजीमार्फत ३० एमविपीएस प्रति सेकेन्ड उपलब्ध गराउने बताएको छ । फोरजी सेवामा मोबाइल वेव एकसेस, गेमिङ सर्भिस, एचडी मोबाइल टिभी, क्लाउड कम्प्युटिङ लगायत सेवा हुन्छ । यसको डाउनलोड क्षमता थ्रीजी भन्दा झण्डै ५ गुणा छिटो हुने टेलिकमको दावी छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवा नै फोरजी हो ।4g

कसरी चलाउने फोरजी ?

मोबाइलमा फोर जी सेवा सुचारु गर्न एलटीइ (लङ टर्म इभ्यालुएशन) इनेवल गर्नुपर्छ । यो मोवाइलमा थ्रीजी इनेवल गरे जसरी गर्न सकिन्छ । त्यसपछि प्रयोगकर्ताले फोजी सेवा प्रयोग गर्न सक्नेछन् । एलटिइ इनेवल गर्न टेलिकमले कोर्ड उपलब्ध गराउँछ । टेलिकमले फोरजीको मूल्यको बारेमा भने अझै टुङ्गो लगाउन सकेको छैन । हाल सो सम्बन्धमा विस्तृत अध्ययन भइ रहेकोले केही समयभित्रै मूल्य निर्धारण गरिने भएको छ । तर फोरजीको मूल्य थ्रीजीको तुलनामा केही महंगो हुने टेलिकमले जानकारी दिएको छ ।

फोर-जी यसरी गर्नुहोस् एक्टिभ:

नेपाली बजारमा हाल रहेका विभिन्न मोबाइल कम्पनीका उत्पादनहरुमध्ये यी एन्ड्रोइड मोबाइल सेटहरुमा फोरजी सपोर्ट गर्छः

सामसुङ

कम्पनीका अनुसार हाल नेपालमा सामसुङ ब्रान्डका विभिन्न २५ मोडलका मोबाइल फोनहरु मध्य १४ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ। जसमा यी पर्दछन् –

ग्यालेक्सी जे फाएभ(२०१६)
ग्यालेक्सी जे सेभेन (२०१६)
ग्यालेक्सी ए फाएभ(२०१६)
ग्यालेक्सी ए सेभेन(२०१६)
ग्यालेक्सी एस सिक्स फल्याट
ग्यालेक्सी एस सिक्स एज
ग्यालेक्सी एस सेभेन फ्ल्याट
ग्यालेक्सी एस सेभेन एज
ग्यालेक्सी जे टु (२०१६)
ग्यालेक्सी जेथ्री
ग्यालेक्सी जे म्याक्स ट्याब
ग्यालेक्सी नोट फाएभ ड्ओस्
ग्यालेक्सी जे फाएभ प्राइम
ग्यालेक्सी जे सेभेन प्राइम

पानासोनिक
पानासोनिकका मोबाइल सेटहरुमध्ये विभिन्न ६ मोडलका फोनहरुले फोर जी नेटवर्क सपोर्ट गर्दछन्। ति यस प्रकार छन्ः
एलुगा ए टु
एलुगा आर्क
एलुगा आर्क टु
एलुगा आई टु
एलुगा आई थ्री
एलुगा नोट
पि ५५ नोवो

हुवावे
हुवावे मोबाइल कम्पनीका अनुसार नेपाली बजारमा जम्मा २० वटा मोबाइल सेटहरु मध्ये ११ सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् –
वाइ ६ प्रो
जिआर थ्रि
वाइ सिक्स सिडिएमए
वाइ सिक्स टु
अनर फोर एक्स
जीआर फाइभ
जीआर फाइभ मिनी
पि एट लाइट
जि सेभेन प्लस
पि नाइन
मेट एट

माइक्रोम्याक्स
कम्पनीले दिएको जानकारी अनुुसार माइक्रोम्याक्सका हाल बजारमा विभिन्न २६ प्रकारका मोबाइल सेटहरु छन्। यी २६ सेटहरु मध्ये फोर जी सपोर्ट गर्ने ७ मोडलका मोबाइल सेटहरु उपलव्ध छन्।
क्यानभास सिक्स
क्यानभास फाइभ
क्यानभास युनाइट फोर प्रो
क्यानभास पल्स
क्यानभास एक्सप्रेस
क्यानभास फाइभ लाइट
क्यानभास सेल्फी

जियाेनी

जियोनी मोबाइल कम्पनीका हाल बजारमा ६ विभिन्न मोडलका मोबाइल फोनहरु रहेका छन् जस अन्र्तगत फोर जी सपोर्ट गर्ने ४ सेटहरु यी हुन्ः
एम फाइभ लाइट
एस सिक्स एस
एस सिक्स
एम फाइभ प्लस

सायोमी
कम्पनीका अनुसार सायोमी मोबाइलका ७ विभिन्न मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् :
सायोमी एमवन फाइभ
एमवन म्याक्स
रेडमी थ्री एस
रेडमी थ्री प्रो
रेडमी नोट थ्री
रेडमी नोट टु
रेडमी टु प्रो

इन्टेक्स
कम्पनीका अनुसार इन्टेक्सका विभिन्न ५ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ।
इन्टेक्स अक्वा क्रेज
अक्वा ज्वेल
अक्वा एस मिनी
अक्वा एस टु
अक्वा भ्यु

जेटटिई
कम्पनीका अनुसार जेटटिइका विभिन्न ६ मोडलका मोबाइल सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः
ब्लेड भि सेभेन लाइट
ब्लेड ए ६१०
ब्लेड एस सेभेन
ब्लेड एस सिक्स
ब्लेड डि थ्री
ब्लेड डि टु

सोनी
सोनी मोबाइलका बजारमा भएका सेटहरु मध्य यी फोनहरुले फोर जी नेटवर्क सपोट् गदर्छन्­
सोनी एक्सपेरिया एक्स
एक्सपेरिया एक्स ए
एक्सपेरिया एक्स ए अल्ट्रा
एक्सपेरिया जेड फाइभ डुअल
एक्सपेरिया जेड थ्री कमप्याम्ट
एक्सपेरिया एम फाइभ डुअल
एक्सपेरिया सी फोर डुअल

एचटिसी
एचटिसी मोबाइलका बजारमा उपलब्ध ५ विभिन्न मोडलका फोनहरुमा फोर जी नेटवर्क सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः
एचटिसी डिजाएर ६२७ एलटिई
डिजाएर ७२८
डिजाएर ६३०
डिजाएर ६२८
डिजाएर ८३०

लाभा
लाभा ब्रान्डका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने सेटहरु यी रहेका छन्ः
लाभा ग्रयान्ड टु
आएरिस ८७०

कर्लस
बजारमा उपलब्ध कर्लस मोबाइल सेटहरु मध्य तलका यी २ फोनहरुमा फोर जी चल्ने कम्पनिले जानकारी दिएको छः
पल् ब्ल्याक के थ्री
इलाइट इ­२०

ओप्पो
ओप्पो कम्पनिका बजारमा उपलब्ध ३ मोडलका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने २ मोडलका सेटहरु यी हुन्ः
एफवन एस
ए थर्टीसेभेन

मेजु
मेजु मोबाइल कम्पनिका २ मोबाइल सेटहरुले फोर जी सपोट् गर्दछन् जसमा यी फोनहरु पर्दछन् –
मेजु एमथ्री एस
एम थ्री नोट

वन प्लस
वन प्लस मोबाइलका यी सेटहरुमा फोर जी सपोर्ट गर्दछ­
वन प्लस यक्स
वन प्लस टु
वन प्लस थ्री
माइक्रोसफट लुमिया
माइक्रोसफट लुमियाको एउटा मोबाइलमा फोर जी सपोर्ट गर्दछ जुन
लुमिया ६५० रहेको छ।

 

प्रतिकृया दिनुहोस

Loading...