कविता: 'सयौं थुङा फुलका हामी एउटै थियौं नेपाली'

शीर्ष समाचार

शुक्रवार - बैशाख १५, २०७४
Friday - Apr 28, 2017

कविता: 'सयौं थुङा फुलका हामी एउटै थियौं नेपाली'

पिएनपि मिडिया, भक्तपुर | सामाजिक संजालमा काभ्रेका सरोज कार्कीले पोष्ट गर्नुभएको नयाँ राष्ट्रिय गीत शिर्षकको कविता पढ्नुहोस।

सयौं थुङा फुलका हामी एउटै थियौं नेपाली
जात जातमा बाडी दिए नेता मिलि उचाली

बाहुन क्षेत्री जनजाति दलित मधेसी मगर
छुट्याइ दिए पृथक पृथक अब कुरै नगर

सद्भाव थियो एक अर्कामा सबै भाडी दिए
खल्बलाइ समाज लाई कता बाडी दिए

उच्च थियो सान हाम्रो स्वाभिमान बिरता
भाइभाइमा आज किन बड्दै गयो क्रूरता

भाषा धर्म मासी दिए बेची खाए संस्कृति
मौलिकता हराए सी भित्री हाल्छ विकृती

ज्ञानभुमी शान्तीभुमी थियो हाम्रो नेपाल
नेता मिलि बिगारेर भयो आज बेहाल

झुप्रे घरमा बस्ने नेता महल भए विशाल
भ्रष्टहरुको धनी देश यहि हो नयाँ नेपाल

रचना: सरोज कार्की, काभ्रे

प्रतिकृया दिनुहोस

Loading...