justnep single

अटो रिक्सा दु’र्घटना : एक जनाको मृ’त्यु, चार घा’इते

admin

गुल्मी, पुस ४ :  गुल्मीमा अटो रिक्सा दु’र्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ। चारजना घा’इते भएका छन्। गुल्मी दरबार गाउँपालिकाको गैडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा शुक्रबार राति भगारीमा दु’र्घटना भएको थियो।

दु’र्घट’नामा घा’इते भएका रेसुंगा नगरपालिका–१२ का ३० वर्षीय चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको सशस्त्र प्र’हरी बल गुल्म गुल्मीका प्र’हरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

यस्तै, अटो रिक्सामा रहेका रेसंगा–१२ का २७ वर्षीय रमेश खत्री, रेसुंगा–२ का १६ वर्षीय रोशन परियार, १८ वर्षीय सुरज परियार र १७ वर्षीय सुनिल बिक घाइते भएका छन्।

ग’म्भीर घा’इते सुरज र सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्र’हरी कार्यालय गुल्मीले जनाएको छ। अन्य दुईजनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ। अटो रिक्सा सडकदेखि करिब २०० मिटर तल खसेको थियो। घट’नाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया