justnep single

अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, अर्को पक्ष अवैधानिक : ओली समूह

admin

काठमाडौं, ७ पुस : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको समूहले प्रचण्ड पक्षका सबै भेला र निर्णय अवैधानिक भएको दाबी गरेको छ । ‘अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, बैठकको लागि सूचना दिनुपर्छ, हामीले सूचना दिएर बैठक डाकेका छौँ, निर्णय भएको छ, त्यसैले नेकपाको आधिकारिक बैठक यही नै हो, अरु निर्णय त हामीले चिन्दैनौँ।’

बिहान बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकपछि नेता प्रदीपकुमार ज्ञवालीले पार्टीको विधानअनुसार बैठकको लागि अध्यक्ष र महासचिव हुनुपर्ने र बैठकको माइन्यूट पनि गरिनुपर्ने भएकाले अर्को पक्षका भेला र निर्णय व्यक्तिगत प्रयोजनको लागि मात्रै भएको दाबी गरे ।

केन्द्रीय समितिको बैठकले कसैलाई पनि कारबाही नगरेको र नेकपा एक ढिक्का भएको ज्ञवालीको दाबी छ । केही व्यक्तिका कारण पार्टी नफुट्ने भन्दै ज्ञवालीले संसद विघटन भएको तर पार्टी नभएको हेक्का राख्न पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया