justnep single

अनिश ओकिलिको ‘उडायो’ (भिडियो)

रोशन घर्ती

झन्डै दुई दशक अगाडी रिलिज भएको सुपरहिट गीत ‘ओकिली ओकिली’का गायक हुन्, अनिश सापकोटा । ओकिली ब्याण्डको स्थापाना गरेर सुरु भएको यो यात्रामा अहिले अनिशले आफ्नो नाम नै अनिश ओकिली बनाए। प्रवासमा रहेर नेपाली गीतसंगीतको साधनमा निरन्तर रहेका उनै अनिसको स्वरमा रहेको नया गीत ‘उडायो’ सार्वजनिक भएको छ। अनिशको नै शब्द संगीत रहेको गीतमा राजन इशानको एरेन्ज रहेको छ।

बिजेश पौडेल र राजन ईशानको निर्देशनमा तयार भएको गीतमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेत लगायतका कलाकार फिचर रहेका छन्। संजय लामाले खिचेको भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी रहेको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको छ। गीत रिलिज कार्यक्रममा शुभकामना दिन योगेश्वर अमात्य, जेम्स प्रधान, सत्यराज आचार्य, स्वरुपराज आचार्य, राजनराज शिवकोटी लगायत पुगेका थिए।

प्रतिक्रिया