justnep single

अन्तत: नेकपाको स्थायी कमिटी बैठक बस्ने, ओलीमाथि कारबाही होला त ?

admin

काठमाडौं, ५ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि बालुवाटारमा तयारी भइरहेको छ । पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् ।

आइतबारको बैठकमा पूर्व निर्धारित एजेण्डामा छलफल नहुने, प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल हुने र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने उनले जानकारी दिइन् । ‘देशलाई नै अफ्ठ्यारोमा पार्ने गरि उहाँले कदम चाल्नुभयो, बैठकमा चुप लागेर बस्ने कुरा भएन, उहाँलाई कारबाहीको प्रस्ताव पनि हुन सक्छ’, नेतृ शाक्यले भनिन् ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गरेका हुन् । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया