अमेरिकामा गर्भपतन अधिकार माग गर्दै हजारौं महिलाद्वारा प्रदर्शन

admin

एजेन्सी, १७ असोज : अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झण्डै ६ सय ६० स्थानमा प्रदर्शन भएको छ । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो ।

टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन । गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए ।

केही प्रदर्शनकारीहरुको टिसर्टमा १९७३ लेखिएको थियो । ‘तपाई कहाँ बस्नुहुन्छ भन्ने अर्थ रहेन । तपाई कहाँ हुनुहुन्छ भन्ने अर्थ रहेन । यो क्षण अध्यारो छ,’ वासिङटन डिसीमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै प्लान्ड प्यारेन्टहुडका अध्यक्ष एलेक्सिज म्याक्गिल जोन्सनले भनिन् । सन् १९७३ मा रोय डी वाडेले महिलाहरुले वैध रुपमा गर्भपतन गर्न पाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया