अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

admin

काठमाडौँ, २१ असोज : नेपाल प्र ह रीले अष्ट्रेलिया पठाइदिन्छ भनी १२ लाख रुपैयाँ ठ गी गर्ने एक जनालाई प क्रा उ गरेको छ।

महानगरीय अ प राध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठ गी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट प क्रा उ गरी बुधबार सार्वजनिक गरेको हो।

प क्रा उ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए।

निरौलाले सञ्चालन गरेको एजुकेशन प्राली हाल बन्द रहेको पाइएको छ। प क्रा उ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्र ह री वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया