justnep single

आगो ताप्ने क्रममा ज’लेर १०१ वर्षीया वृद्धाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

खोटाङ : आगो ताप्ने क्रममा ज’लेर ग’म्भीर घा’इते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृ’त्यु भएको छ।

गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेर गम्भीर घा’इते भएकी हिमादेवीको उपचारको क्रममा मृ’त्यु भएको हो।

शरीरमा लगाएको लुगाबाट सल्किएको आ’गोले जलेर गम्भीर घा’इते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृ’त्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले जानकारी दिए। मृतक हिमादेवी उक्त गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन्।

वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन्। लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए।

हिमादेवीको मृ’त्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्र’हरी कार्यालय खोटाङका प्रवक्ता प्र’हरी निरीक्षक गोविन्द साहले बताए। मृ’तक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए।

प्रतिक्रिया